१६ असार २०८३, मंगलबार
जाजरकोट भूकम्प

भूकम्प पीडितबारे निर्णय लिन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

कात्तिक १९, २०८०
काठमाडौं
भूकम्प पीडितबारे निर्णय लिन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आइतबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । 

बैठकले जाजरकोट भूकम्प प्रभावितको राहत र उद्धारका सम्बन्धमा आवश्यक निर्णय गर्ने बताइएको छ । 

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले सो जिल्ला र रुकुम पश्चिम बढी प्रभावित भएको छ । भूकम्पमा परेर दुई जिल्लामा १५७ जनाको मृत्यु भएको छ भने कयौँ घरबारविहीन भएका छन् । 

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्