२५ असार २०८३, बिहीबार

कर्णालीमा आज शोक बिदा

कात्तिक १९, २०८०
काठमाडौं
कर्णालीमा आज शोक बिदा

कर्णाली प्रदेश सरकारले आज (आइतबार) शोक बिदा दिएको छ। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार भूकम्पमा परेर मृत्यु हुनेहरूको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको थियो। प्रदेश सरकारले भूकम्पपीडितहरूलाई सहयोग गर्नसमेत आग्रह गरेको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका १५७ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्