शुक्रबार रातिको शक्तिशाली भूकम्पपछि मृत्यु भएका १५७ मध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । भूकम्पबाट जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकामा १२० जनाको शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रुकुम पश्चिममा भएकोमृत्यु भएका सबै ५२ शव आफन्तले बुझिसकेका छन् । यस्तै जाजरकोटमा मृत्यु भएकामध्ये ६८ जनाको शव पनि परिवारलाई जिम्मा लगाइएको छ ।
बाँकी ३७ जनाको शव प्रक्रिया पुरा गरेर आफन्तलाई जिम्मा लगाउने प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार घटनामा परेर जाजरकोटमा १०६ र रुकुम पश्चिममा १३२ जना घाइते भएका छन् । यस्तै दैलेखमा ३, जुम्लामा३, सल्यानमा २, प्युठानमा ३, बैतडीमा ३, रोल्पामा १, दाङमा १ कुल २५४ जना घाइते भएका छन् ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।