०३ साउन २०८३, आइतबार
मन्त्रिपरिषद् बैठक

भूकम्पमा घाइते भएका सबैको उपचार सरकारले निःशुल्क गर्ने

कात्तिक १९, २०८०
काठमाडौं
भूकम्पमा घाइते भएका सबैको उपचार सरकारले निःशुल्क गर्ने

सरकारले जाजरकोट भूकम्पमा परेर घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने भएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

जतिसुकै महंगो उपचार गर्नुपर्ने भए पनि सरकारले निःशुल्क उपचार गर्नेछ ।

सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि अन्तर्राष्ट्रिय सहयोग लिने भएको छ । मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री बस्नेतले जानकारी दिए । 

तर, कस्तो र कुन सहयोग लिने भन्ने कुरा छलफल र निर्णय गरेर मात्रै लिइने छ । 

सरकारले भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि शुरू गर्ने भएको छ ।  यसका लागि रकम निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए । 'बसोबासको व्यवस्था सरकारले गर्ने भन्ने भएको छ। पुनर्निमार्णमा पनि सकरारले सहयोग गर्ने छ,' उनले भने, 'आर्थिक कुरामा छलफल भएको छ । पहिले तीन लाख दिएको हो । अहिले केही बढाउने कुरा छ ।' 

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ।

salt training

कमेन्ट गर्नुहोस्