
आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटको रूपमा नेपालले कुशल भुर्तेलको विकेट गुमाएको हो । उनी २२ बलमा ३१ रन बनाएर आउट भए ।
यसअघि सन्दीप जोरा र आशिफ शेख आउट भएका थिए । जोराले १० रन बनाए भने आशिफले ६ रन मात्रै जोडे ।
९ ओभरको खेल सकिँदा नेपालको ५३ रन छ । अहिले कुशल मल्ल र कप्तान रोहित पौडेल खेलिरहेका छन् ।
कीतिपुर विश्वविद्यालयको मैदानमा भइरहेको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा दुई टोलीबिच यो दोस्रो खेल हो । यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।