१९ असार २०८३, शुक्रबार
टी–२० विश्वकप छनोट

१० ओभर सकिँदा नेपालका महत्त्वपूर्ण चार ब्याटर आउट

कात्तिक १९, २०८०
काठमाडौं
१० ओभर सकिँदा नेपालका महत्त्वपूर्ण चार ब्याटर आउट

आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटको रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । उनी ३ रन मात्रै बनाएर पेवेलियन फर्किए । 

यसअघि नेपालले कुशल भुर्तेलको विकेट गुमाएको थियो । उनी २२ बलमा ३१ रन बनाएर आउट भए । 

सन्दीप जोरा र आशिफ शेख आउट भएका थिए । जोराले १० रन बनाए भने आशिफले ६ रन मात्रै जोडे । 

१० ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाएरु ६० रन बनाएको छ ।  अहिले गुल्सन झा र कप्तान रोहित पौडेल खेलिरहेका छन् । ​

कीतिपुर विश्वविद्यालयको मैदानमा भइरहेको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

प्रतियोगितामा दुई टोलीबिच यो दोस्रो खेल हो । यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्