०२ साउन २०८३, शनिबार

भूकम्पपीडितका लागि तरुण दलले रक्तदान गर्ने

कात्तिक १९, २०८०
काठमाडौं
भूकम्पपीडितका लागि तरुण दलले रक्तदान गर्ने
फाइल फोटो

जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले नेपाल तरुण दलले भोलि कात्तिक २० गते सोमवार भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुला रक्तदान कार्यक्रम गर्ने भएको छ । 

तरुण दलको केन्द्रीय कार्यसमितिले एक सूचना जारी गर्दै भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न रक्तदान गर्न लागिएकोे जनाएको छ ।

बिहान ११ बजेदेखि  रक्तदान कार्यक्रम शुरू भई दिनभरसम्म जारी रहने केन्द्रीय सदस्य सरोज न्यौपानेले जानकारी दिए । ‘रगतको अभाव भएकाले हामीले पनि आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास गर्दैछौं । सम्पूर्ण युवालाई रक्तदानका लागि आग्रह गरेका छौं’, उनले भने । 

रक्तदानमा काठमाडौं उपत्यकामा रहेका विद्यार्थी, युवा सहभागी हुने विश्वास केन्द्रीय सदस्य न्यौपानेको छ ।

salt training

कमेन्ट गर्नुहोस्