०६ साउन २०८३, बुधबार

आरजु राइस मिलद्वारा भूकम्प पीडितलाई १० हजार किलो चामल सहयोग

कात्तिक १९, २०८०
विराटनगर
आरजु राइस मिलद्वारा भूकम्प पीडितलाई १० हजार किलो चामल सहयोग

मोरङको बेलबारीमा रहेको आरजु राइस मिलले भूकम्प पीडितलाई १० हजार किलो चामल सहयोग गरेको छ ।​

आइतवार २० केजीको ५०० बोरा चामल बेलबारी नगरपालिकालाई बुझाइएको आरजु राइस मिलका मार्केटिङ प्रमुख सुशील प्याकुरेलले बताए । उनका अनुसार सहयोग गरिएको चामलको मूल्य १२ लाख रुपैयाँ बराबरी पर्छ ।

विपद्को घडीमा सहयोग गर्नु आफ्नो दायित्व भएको प्रमुख प्याकुरेलले बताए । 

जिरा मसिनो तथा बासमती चामलका लागि स्थानीय स्तरमा धान उत्पादन गर्न किसानलाई उत्साहित गर्दै आएको मिलले चामल आयात न्यून गर्ने उद्देश्यले गाउँमा मिल सञ्चालनमा ल्याएको छ । 

चामल बुझ्दै बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले भूकम्प प्रभावित जिल्लामा छिट्टै पठाउने बताएका छन् । 

शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा विनाश निम्त्याएको छ ।​

भूकम्पको कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्