२७ असार २०८३, शनिबार

विश्व स्नुकर च्याम्पियनसिपमा सहभागी सन्तोष कतार प्रस्थान

कात्तिक १९, २०८०
काठमाडौं
विश्व स्नुकर च्याम्पियनसिपमा सहभागी सन्तोष कतार प्रस्थान

विश्व स्नुकर च्याम्पियनसिपमा सहभागी हुन सन्तोष पुटुवार आइतबार कतारको दोहा प्रस्थान गरेका छन् ।

नोभेम्बर ५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा सन्तोषले सोमबार लिब्यासंग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छन् । समूह ‘एल’ मा रहेका सन्तोषले मंगलबार कतार तथा बुधबार पोल्यान्डका खेलाडीको सामना गर्ने छन् ।

उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल स्नुकर तथा विलियर्ड संघका महासचिव केशवराज अधिकारीले आइतबारै बिदाइ गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्