३० जेठ २०८३, शनिबार

अर्बपति व्यापारी शेष घलेसहित कुँवरद्वारा भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय

कात्तिक २०, २०८०
काठमाडौं
अर्बपति व्यापारी शेष घलेसहित कुँवरद्वारा भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पपछि प्रभावित भएकाहरुलाई सहयोग जुट्ने क्रम जारी छ।  सोहीअनुसार अस्ट्रेलिया निवासी अर्वपति व्यापारी शेष घले र एनआरएनएका अध्यक्ष बिनोद कुँवरले सहयोग गर्ने निर्णय गरेका छन् । 

जसअनुसार एनआरएनएका पूर्वअध्यक्ष समेत रहेका घलेले आफ्नो संस्था एमआईटी फाउन्डेशनमार्फत ५० लाख रुपैयाँ प्रदान गरेका छन् । 

यस्तै एनआरएनएका अध्यक्ष बिनोद कुँवरले १० लाख १ हजार १०० रुपैयाँ प्रदान गरेका छन् । 

 कुँवरको अध्यक्षता र घलेको प्रमुख आतिथ्यतामा आइतबार भर्चुअल रुपमा बसेको आकस्मिक बैठकले भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो । जसअनुसार घलेको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन परियोजना गर्ने निर्णय पनि भएको अध्यक्ष कुँवरले जानकारी दिए । 

यो आपतकालिन अवस्थामा सहयोग गर्न गैरआवासीय नेपाली संघले च्यारिटी गर्न स्थापना गरेको “ग्लोबल एनआरएन फाउण्डेशन” को खातामा सहयोग रकम जम्मा गर्न सकिने उनको भनाइ छ। 

जसअनुसार सो खातामा जानेगरी १ करोडको भन्दा बढी रकम उठेको बताइएको छ ।  बैठकले सहयोगका लागि सबै देशमा एनसीसीहरुले पहल गर्ने र सम्पूर्ण गैरआवासीय नेपालीहरुलाइ सहयोगको लागि आह्वान समेत गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्