११ साउन २०८३, सोमबार

माओवादीले भूकम्प पीडितलाई ५० लाख सहयोग गर्ने, प्रदेशको पनि छुट्टै सहयोग

कात्तिक २०, २०८०
काठमाडौं
माओवादीले भूकम्प पीडितलाई ५० लाख सहयोग गर्ने, प्रदेशको पनि छुट्टै सहयोग

नेकपा माओवादी केन्द्रले भूकम्प पीडितहरुको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारको राहत कोषमा पार्टीका तर्फबाट रु ५० लाख उपलब्ध गराउने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए । 

 साथै हरेक प्रदेश समितिका तर्फबाट थप रु १ लाखका दरले उक्त राहत कोषमा उपलब्ध गराउन निर्देशन दिने निर्णय गरिएको पनि उनको भनाइ छ । 

यस्तै पीडितहरुको राहत र पुनर्निर्माणको कार्यलाई व्यवस्थित गर्न सरकारले अपनाएको एकद्वार प्रणालीलाई अवलम्बन गर्न सम्पूर्ण पार्टी कमिटीहरुलाई निर्देशन गर्ने निर्णय गरिएको  सो पार्टीले जनाएको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्