०८ असार २०८३, सोमबार

पटाका कारखानामा आगलागी हुदा आठको मृत्यु, २५ घाइते

कात्तिक २०, २०७४
पटाका कारखानामा आगलागी हुदा आठको मृत्यु, २५ घाइते
नयाँ दिल्ली, ९ असोज (रासस/सिन्ह्वा) : पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा भएको आगलागीका कारण आठ व्यक्तिको मृत्यु भएको छ । 


यस आगलागीमा परी अन्य २५ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । गैरकानूनी रुपमा सञ्चालनमा रहेको यस कारखानामा सोमबार आगलागी भएको थियो । 

प्रहरीले यस समाचारको विस्तृत विवरण भने दिएको छैन । उक्त कारखानामा अवैध रुपमा सञ्चालन गरिएको र त्यहाँ भएको विस्फोटमा परी आठको मृत्यु भएको र अरु २५ जना घाइते भएको जनाएको छ । 

घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । मृतकको सङ्ख्या अझै बढ्नसक्ने समेत प्रहरीले अनुमान गरेको छ । 

कारखानामा के कसरी आगलागीको घटना भयो भन्ने बारेमा अनुसन्धान सुर भएको प्रहरीले जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्