![भूकम्पले आठमध्ये सात भवनमा क्षति, टेन्टमुनि प्रहरीको बास [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/tripalpolice5_G4Q0ZMg3Mo.jpg)
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जिल्ला प्रहरी कार्यालयका सात भवनमा क्षति गरेको छ । गत शुक्रबार गएको भूकम्पले जिल्ला प्रहरी कार्यालय जाजरकोटका आठमध्ये सात भवनमा भवनमा क्षति गरेको हो ।
केही भवनमा ठूलो क्षति गरेको छ भने केही चर्किएका छन् ।

भूकम्पले भवनमा क्षति गरेपछि प्रहरी पनि टेन्टमुनि बसिरहेको कार्यालयका प्रवक्ता प्रहरी इन्स्पेक्टर मिलन विश्वकर्माले बताए । 'भूकम्पले कार्यालयका आठमध्ये सात भवनमा क्षति गरेको छ,' लोकान्तरसँग उनले भने, 'हामी पनि टेन्टमा बसिरहेका छौं ।'

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी दुई जिल्लाका १५३ जनाको ज्यान गएको छ । भूकम्पका कारण साढे दुई सय बढी घाइते भएका छन् ।

भूकम्पले सबैभन्दा धेरै जाजरकोटमा क्षति गरेको छ । जाजरकोटपछि रुकुम पश्चिममा बढी क्षति भएको छ ।
