२४ असार २०८३, बुधबार

शहरी विकासका लागि एडिबीको सहयोग

कात्तिक २०, २०७४
शहरी विकासका लागि एडिबीको सहयोग
काठमाडौं, ९ असोज - एशियाली विकास बैंक (एडिबी)ले नेपालको सुदूरपश्चिमसहित आठ नगरपालिकामा शहरी सेवा तथा पूर्वाधार सुधारका लागि १५ करोड अमेरिकी डलरको ऋण सहायतालाई अनुमोदन गरेको छ ।

क्षेत्रीय शहर विकास परियोजनाले अतिकम विकसित प्रदेश नं ७ का चार नगरपालिकासहित दक्षिणी तराईका नगरपालिकामा लगानी गर्नेछ । सो प्रदेशका ४० प्रतिशत जनता गरिबीको रेखामुनि बाँच्दै आएका छन् । उनीहरुको उचित फोहर संकलन र प्रशोधन केन्द्रसम्मको पहँुच छैन ।
सो परियोजनाबाट १५ लाखभन्दा बढी जनता लाभान्वित हुने बताइएको छ । परियोजनाअन्तर्गत २०० किमी नाली निर्माण, २४० किमी सडकको सुधार, ४० किमी सडकपेटी निर्माण, चार फोहर संकलन केन्द्रको स्थापना र २० किमी ढल निर्माण गरिनेछ ।

“नेपालको अर्थतन्त्र र विकासमा तराई क्षेत्रको योगदानलाई ध्यानमा राख्दा यस क्षेत्रमा सुविधा र पूर्वाधारमा सुधार ल्याउन अति जरुरी छ, यो परियोजनाले दक्षिणी भेगमा बस्ने जनतालाई दिगो, समावेशी प्रतिफल दिलाउनाका साथै प्रतिकूल मौसमको सामना गर्न सक्ने तुल्याउँछ,” बैंकका शहरी विकास विशेषज्ञ भिभियन कास्ट्रो वल्र्डरिज्डले भने ।

salt training

कमेन्ट गर्नुहोस्