२८ जेठ २०८३, बिहीबार

काठमाडौँबाट खैरो हेरोइनसहित एक जना पक्राउ

कात्तिक २३, २०८०
काठमाडौं
काठमाडौँबाट खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौंको तार्केश्वर नगरपालिका-९ स्थित सडकबाट लागूऔषध खैरो हेरोइन ५ ग्राम २ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेर्मा सुनसरीको बराहक्षेत्र नगरपालिका-७ घर भएका २२ वर्षीय उज्वल तामाङ  रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उनीउपर लागूऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्