०२ असार २०८३, मंगलबार

युक्रेनले बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने

कात्तिक २४, २०८०
काठमाडौं
युक्रेनले बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने

युक्रेनको संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन गरेको छ । बिहीबार बजेट बिनियोजन विषयमा मतदान भएको थियो । 

कीएभ र मस्को दुवैले युद्ध सुरु भएदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेका छन् । उनीहरू दुवैले हतियार र गोलाबारुदको उत्पादन बढाएका छन् किनकि उनीहरूले लामो द्वन्द्वको तयारी गरिरहेका छन् ।

युक्रेनको अर्थ मन्त्रालयका अनुसार करिब १.७ ट्रिलियन रिभनिया (करिब ४७ अर्ब अमेरिकी डलर) रक्षामा खर्च हुनेछ, जुन सन् २०२३ को बराबर हो ।

यो आँकडा शिक्षा, सामाजिक कल्याण र स्वास्थ्य सेवामा संयुक्त रूपमा गरिएको खर्चभन्दा बढी हो र यो देशको योजनाबद्ध खर्चको कुल ९३ अर्ब डलरको लगभग आधा हो ।

युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राज्य अमेरिकाजस्ता पश्चिमी सहयोगीहरूको आर्थिक सहयोगमा युद्धको समयमा आफ्नो अर्थव्यवस्थालाई जीवित राख्न धेरै निर्भर बनेको छ ।

आईएमएफले सन् २०२३ मा आवश्यक पर्ने अनुमान गरेकै हाराहारीमा आगामी वर्ष दैनिक खर्च गर्न ४१ अर्ब अमेरिकी डलर बाह्य सहयोग आवश्यक रहेको बताएको छ ।

यूक्रेनको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रक्षा क्षमताको सुदृढीकरण, जनसङ्ख्याको सुरक्षा, भूतपूर्व सैनिकहरूलाई सहयोग, सामाजिक स्तर र आर्थिक पुनरुत्थानलाई बढावा दिने देशको बजेटको प्राथमिकता स्पष्ट छ ।”  

“हामीसँग छिटोभन्दा छिटो युद्ध जित्नका लागि थप ड्रोन र हाम्रा आफ्नै हतियारहरू हुनेछन्,” विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार साँझ संसदलाई सम्बोधन गर्दै ‘विजय’ हासिल गर्न बजेट स्रोतहरू विनियोजन गरिने बताए  । रासस

salt training

कमेन्ट गर्नुहोस्