२८ जेठ २०८३, बिहीबार

मुगु सामूहिक हत्या: दुई सातापछि तीन जना पक्राउ, आरोपित सार्वजनिक गर्दै प्रहरी

कात्तिक २४, २०८०
काठमाडौं
मुगु सामूहिक हत्या: दुई सातापछि तीन जना पक्राउ, आरोपित सार्वजनिक गर्दै प्रहरी

मगुको छायानाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटनाको दुई सातापछि प्रहरीले तीन जना आरोपीलाई पक्राउ गरेको हो । 

घटनामा संलग्न भएको आरोपमा मुगुकै छायानाथ रारा नगरपालिका घर भई हाल बाँकेको कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाहीलाई पक्राउ गरिएको सीआईबी स्रोतले लोकान्तरलाई बतायो । शाही मृतक परिवारका आफन्त भएका प्रहरी स्रोतको भनाइ छ । 

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्दै छ । 

कात्तिक ८ गते रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्याभएको थियो । हत्या हुनेमा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सरा रहेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्