कात्तिक २७, २०८०
कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्क...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१ लाख ५४ हजार ६२४ रुपैयाँ खर्च गरेको छ । बोर्डले चालुतर्फ १९ करोड १५ लाख ८५ हजार १४८ र पूँजीगततर्फ १ करोड १५ लाख ६९ हजार ४७६ रुपैयाँ खर्च गरेको हो ।
विज्ञापन बोर्डका सूचना अधिकारी दिनेश लुइँटेलले लोकान्तरलाई उपलब्ध विवरणअनुसार बोर्डले आर्थिक वर्ष २०७८/०७९ मा ९ करोड ८३ लाख १९ हजार ५७६ रुपैयाँ खर्च भएको छ । यस्तै, आर्थिक वर्ष २०७९/०८० मा १० करोड ४८ लाख ३५ हजार ४८ रुपैयाँ खर्च भएको उनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
चालुतर्फ आर्थिक वर्ष २०७८/०७९ मा मासिक ७६ लाख २३ हजार ६६१ रुपैयाँको दरले वार्षिक ९ करोड १४ लाख ८३ हजार ९३२ रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १० करोड १ लाख १ हजार २१६ रुपैयाँ गरी कुल १९ करोड १५ लाख ८५ हजार १४८ रुपैयाँ चालू खर्च भएको छ ।
पूँजीगततर्फ औसत मासिक ५ लाख ६९ हजार ६३७ रुपैयाँको दरले ६८ लाख ३५ हजार ६४४ रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा मासिक ३ लाख ९४ हजार ४८६ रुपैयाँको दरले वार्षिक ४७ लाख ३३ हजार ८३२ रुपैयाँ गरी १ करोड १५ लाख ६९ हजार ४७६ रुपैयाँ पूँजीगततर्फ खर्च भएको छ ।
मिडियाको हितमा कामै नगरी बोर्डका पदाधिकारीहरूले बैठक र भ्रमण भत्ता वापत लाखौँ रुपैयाँ बुझ्ने गरेका छन् । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ एउटा चार पाङ्ग्रे गाडी चढ्दै आएका छन् । बोर्डका लेखापाल अविन चोङ्गवाङ्गका अनुसार अध्यक्षले विशिष्ट श्रेणीका कर्मचारी (सचिव) सरह मासिक १२० लिटर इन्धनसमेत पाउने गरेका छन् ।
बोर्डमा कुल तीन वटा चार पाङ्ग्रे गाडी रहेकोमा एउटा अध्यक्ष हुमागाईँले, दोस्रो कार्यालय प्रमुखसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) निशान राज गौतमले र तेस्रो प्रशासकीय अधिकृत (उपसचिव ) अजय राजवंशीले चढिरहेको लेखापाल चोङ्गवाङ्गले बताए ।
चारपाङ्ग्रे गाडी नियमानुसार सहसचिव तथा सहसचिवभन्दा माथिकाले मात्र चढ्न पाउने नियम भए पनि नियमविपरीत बोर्डमा उपसचिवहरूले पनि चार पाङ्ग्रे गाडी चढिरहेका छन् । ती दुवै जनाले मासिक एक सय लिटर इन्धनसमेत पाउने गरेको उनले बताए ।
विज्ञापन बोर्डमा कुल २८ जना कर्मचारी रहेकोमा ८ जनाले मोटरसाइकल तथा स्कुटर चढ्ने गरेको चोङ्गवाङ्गले बताए । मासिक १० लिटर, मासिक ८ लिटरसम्म इन्धन ती कर्मचारीहरूलाई दिने गरिएको उनले बताए ।
त्यसैगरी बैठक भत्ता वापत प्रतिबैठक अध्यक्षले १५ प्रतिशत कर काटेर १५ सय रुपैयाँ र सदस्यहरूले १ हजार रुपैयाँको दरले पाउने गरेको लेखापाल चोङ्गवाङ्गले बताए । त्यसैगरी भ्रमण भत्ता वापत अध्यक्षले प्रतिदिन २ हजार ५ सय रुपैयाँ र सदस्यहरूले प्रतिदिन २ हजार रुपैयाँ पाउने गरेको उनले बताए ।
उनका अनुसार चालू खर्चअन्तर्गत कर्मचारीहरूको तलब भत्ता, महँगी भत्ता, बोर्डका अध्यक्षको तलब, अध्यक्ष, सदस्यतालगायत पदाधिकारी तथा कर्मचारीहरूको भ्रमण खर्च, बैठक भत्ता, कार्यालयको बिजुली, पानी, टेलिफोनलगायत खर्च हो । त्यसैगरी कार्यालयका लागि खरिद भएको फर्निचरदेखि कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनसहित विभिन्न सामग्रीमा भएको खर्च पूँजीगततर्फ खर्च रहेको उनले बताए ।
बोर्डले उपलब्ध गराएको विवरणअनुसार अध्यक्ष हुमागाईँलाई दुई वर्षमा बैठक तथा भ्रमण भत्ता वापत मात्रै ५ लाख ११ हजार ५० रुपैयाँ बुझेका छन् । मासिक ७२ हजार ८२ रुपैयाँ तलबसमेत बुझ्ने हुमागाईँले दुई वर्षमा तलब मात्रै १७ लाख २९ हजार ९६८ रुपैयाँ बुझेका छन् । उनले तलब र बैठक भत्ता तथा भ्रमण भत्ता वापत गरी कुल २२ लाख ४१ हजार १८ रुपैयाँ बुझेका हुन् ।
त्यसैगरी अध्यक्ष तथा सदस्यहरूको भ्रमण भत्ता तथा बैठक भत्तामा मात्रै दुई वर्षमा १९ लाख १५ हजार ७८८ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ७ लाख ६४ हजार ५ रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा ११ लाख ५१ हजार ७८३ रुपैयाँ भत्ता वापत बुझेका हुन् ।
आर्थिक वर्ष २०७८/०७९ मा सदस्यहरू प्रेमकुमार श्रेष्ठले ८३ हजार २८०, विनोदप्रकाश सिंहले ८५ हजार, फणिन्द्रमणि पोखरेलले ५१ हजार, अनिलकुमार दत्तले ८ हजार ५ सय, बलराम थापाले १ लाख ५८ हजार ३५०, बन्दना दनुवारले ८९ हजार ९७५ र चेतनाथ अधिकारीले ६७ हजार ८ सय रुपैयाँ भत्ता बुझेका छन् ।
त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा सदस्यहरू प्रेमकुमार श्रेष्ठले ५७ हजार १८, जितेन्द्र बस्नेतले १ लाख ५३ हजार, लिलाप्रसाद शर्माले १ लाख ५३ हजार, पवन अधिकारीले १ लाख २९ हजार १५ रुपैयाँ बुझेका छन् । यस्तै, नेत्रप्रसाद सुवेदीले २७ हजार २००, बन्दना दनुवारले १ लाख १२ हजार ४२५, चेतनाथ अधिकारीले १ लाख ५३ हजार २५०, बलराम थापाले १ लाख ५६ हजार ५०, गौरव गिरीले ७३ हजार १ सय र फणिन्द्रमणि पोखरेलले ३० हजार ६ सय रुपैयाँ भत्ता बुझेका छन् ।
त्यसबाहेक विज्ञापन बोर्डले विभिन्न प्रदेशमा अन्तरक्रियामा मात्रै दुई वर्षमा २७ लाख ९९ हजार ७०५ रुपैयाँ खर्च गरेको छ । बोर्डले विराटनगरमा ४ लाख ९६ हजार ३६२, बुटवलमा ४ लाख ४४ हजार २ सय, पोखरामा ४ लाख ५० हजार १९९ रुपैयाँ अन्तरक्रियामा खर्च गरेको छ ।
त्यसैगरी सुर्खेतमा ४ लाख ५७०, धनगढीमा ३ लाख १७ हजार १३०, जनकपुरमा ३ लाख ५९ हजार २२० र हेटौडामा ३ लाख ३२ हजार २५ रुपैयाँ अन्तरक्रियामा खर्च गरेको छ ।
लेखापाल चोङ्गवाङ्गका अनुसार बोर्डका विभिन्न ऐन, नियम तथा प्रवाह हुने सेवाका विषयमा प्रदेशका सञ्चारकर्मीहरूलाई अभिमुखीकरण गराउन सातै प्रदेशमा भएको अन्तरक्रियामा उक्त रकम खर्च भएको हो ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले विज्ञापनको नियमनसम्बन्धी काम गर्न विज्ञापन बोर्ड गठन गरिएको हो । विज्ञापन बोर्डको मुख्य काम विज्ञापन एजेन्सी सूचीकरण, नवीकरण, लोककल्याणकारी विज्ञापन प्रकाशन र प्रसारण तथा सरकारी विज्ञापन प्रकाशन र प्रसारण गर्ने हो । तर, बोर्डले यी कुनैमा प्रभावकारी काम गर्न सकेको छैन । बरु राज्यकोषबाट वार्षिक करोडौं रुपैयाँ मात्रै खर्च गर्ने गरेको छ ।
कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्क...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार शुरू भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् । यतिब...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
जापानी अर्थतन्त्र सङ्कुचित भएको छ । यसबाट सङ्घर्षरत प्रधानमन्त्री फुमियो किसिदालाई अर्को धक्का लागेको छ । विश्वको तेस्रो सबैभन्दा ठूलो जापानको अर्थतन्त्र दोस्रो चौमासिकको तुलनामा जुन र सेप्टेम्बरबीचमा शून्य दश...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...