२२ असार २०८३, सोमबार

मुगुमा एकै परिवारका ४ जनाको हत्या आरोपमा २ जना पक्राउ

कात्तिक २४, २०८०
मुगु
मुगुमा एकै परिवारका ४ जनाको हत्या आरोपमा २ जना पक्राउ
फाइल फोटो

मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका ४ जनाको हत्यामा संलग्न रहेको आरोपमा दुई पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मुगुले उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँका रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए ।

यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिकरुपमा हत्या गरिएको थियो ।

हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत टोली खटिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्