०८ साउन २०८३, शुक्रबार

अख्तियारका पदाधिकारीको ७ दिनको तलब भूकम्प पीडितलाई

कात्तिक २४, २०८०
काठमाडौं
अख्तियारका पदाधिकारीको ७ दिनको तलब भूकम्प पीडितलाई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले भूकम्प प्रभावितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन् । शुक्रबार बसेको आयोगको बैठकले पदाधिकारीको ७ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

उनका अनुसार आयोगले भूकम्पबाट मृत्युवरण गर्ने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ। 

‘आयोगका पदाधिकारीहरूको ७ दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ,’ बैठकपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो भने दुई सय बढी घाइते छन् । ​भूकम्पले ठूलो भौतिक क्षतिसमेत गरेको छ ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो । 

यस्तो छ आयोगको विज्ञप्ति 

null

salt training

कमेन्ट गर्नुहोस्