१० साउन २०८३, आइतबार

एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

कात्तिक २५, २०८०
काठमाडौं
एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । कात्तिक २३ गते सम्पन्न बैंकको ३६० औं सञ्चालक समितिको बैठकले वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो ।

साथै उनले कात्तिक २४ गते शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । 

विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा. वैद्य अर्थ विज्ञका रुपमा परिचित छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. वैद्यले फिलिपिन्सबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

साथै, उनले बोर्ड अफ ट्रष्टी र गरिवी निवारण कोषको सदस्यका रुपमा पनि काम गरेका छन् । 

उनको अध्यक्षतामा उल्लेखनीय प्रगति गर्दै बैंकको नारा जस्तै दिगो, दरिलो र विश्वासिलो बन्दै बैंकिङ क्षेत्रमा अग्रणी स्थान हासिल गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्