०६ साउन २०८३, बुधबार

विश्वकप क्रिकेट : इंग्ल्याण्डले दिने लक्ष्य २२ बलमा पूरा गरेमात्रै पाकिस्तान सेमिफाइनलमा पुग्ने

कात्तिक २५, २०८०
काठमाडौं
विश्वकप क्रिकेट : इंग्ल्याण्डले दिने लक्ष्य २२ बलमा पूरा गरेमात्रै पाकिस्तान सेमिफाइनलमा पुग्ने

विश्वकप क्रिकेटको सेमिफाइनल पुग्न इंग्ल्याण्डलाई २८७ रनको भारी अन्तरले पराजित गर्नुपर्ने खेलमा पाकिस्तानले टस हारेर पहिले बलिङ गर्नुपर्ने भएको छ ।​​

इंग्ल्याण्डले टस जितेपछि पाकिस्तानले पहिले बलिङ गर्नुपर्ने भएको हो । अब इंग्ल्याण्डले दिएको लक्ष्य पाकिस्तानले ३.४ ओभरमा भेट्टाएमात्रै पाकिस्तान सेमिफाइनलमा पुग्नेछ ।

तर यस्तो हुन इंग्ल्याण्ड ३०/४० रनमा समेटिएर पाकिस्तानले २२ बलमा लक्ष्य पूरा गर्नुपर्नेछ । 

जुन असम्भव जस्तै हुनेछ । यसैले टस हारेपछि पहिले ब्याटिङ गरेर ४ सय बढी रन बनाउने र इंग्ल्याण्डलाई २८७ रनको अन्तरले पराजित गर्न सकिने सम्भावना टरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्