०७ साउन २०८३, बिहीबार

काठमाडौंका मेयर बालेनले भने - स्वदेशी फूल बिक्री गर्न र किन्न यी ४ ठाउँ आउनुस्

कात्तिक २५, २०८०
काठमाडौं
काठमाडौंका मेयर बालेनले भने - स्वदेशी फूल बिक्री गर्न र किन्न यी ४ ठाउँ आउनुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका विभिन्न चार ठाउँमा नेपाली किसानले उत्पादन गरेका फूल बिक्री गर्ने र किन्न सक्ने बताएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले आर्थिक मन्दीको बेलामा किसानले उत्पादन गरेका फूल किनबेच गर्नुपर्ने बताएका हुन् ।  

‘आजदेखि हामी काठमाडौं महानगर, नेपाल फ्लोरीकल्चयर एसोसिएसन, नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा  काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउमा  स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको छौं’ उनले भनेका छन्, ‘नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ । अबको ४ दिनमा महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा स्वदेशी फूल बिक्रीका लागि ल्याउन र सो ठाउँबाट फूल माला खरिदका लागि आग्रह गरेको छौ ।’

तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने र नेपाली फूल उत्पादक किसानलाई फूल बिक्रीका अनुरोध गरेको भन्दै उनले महानगर  नेपाल फ्लोरीकल्चयर एसोसिएसन र चेम्बर अफ कमर्सको संयुक्त टोलीले अनुगमन गर्ने पनि जनाएका छन् ।

कमेन्ट गर्नुहोस्