११ साउन २०८३, सोमबार

भागबन्डामा अस्पताल विकास समिति अध्यक्ष नियुक्त

कात्तिक २५, २०८०
बुटवल
भागबन्डामा अस्पताल विकास समिति अध्यक्ष नियुक्त

लुम्बिनी प्रदेश सरकारले राजनीतिक भागबन्डाको आधारमा अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरेको छ ।

प्रदेशका १३ वटा अस्पतालमा नेपाली कांग्रेस र माओवादी केन्द्र र केही साना दललाई अध्यक्ष दिइएको छ ।

अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली, २०८० को नियम ३ को उपनियम(१) को खण्ड(क) बमोजिम स्वास्थ्य मन्त्रालयको कात्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।

नियुक्तिबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  र सम्बन्धित अस्पताललाई बोधार्थ पठाइएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको अध्यक्षमा जीवनप्रसाद श्रेष्ठ, प्युठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनीत गरिएको छ ।

यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा. अनन्तकुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजन नियुक्त भएका छन । 

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अध्यक्षमा दीपक शाहलाई नियुक्त गरिएको छ ।

कात्तिक १९ गतेदेखि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी दुई वटा कार्यक्रममा सहभागी हुन अमेरिकामा छन् ।

उनले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिएका छन् ।

कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका मास्कीले आफ्नो नजिकका मान्छेलाई अस्पताल विकास समितिको अध्यक्ष बनाएको आरोप लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्