२७ जेठ २०८३, बुधबार

कोशी प्रदेशले स-साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

कात्तिक २६, २०८०
काठमाडौं
कोशी प्रदेशले स-साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की
फाइल तस्वीर

मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले २५ लाख रुपैयाँभन्दा कमका विकास आयोजना नल्याउने बताएका छन् । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने बताएका हुन् । उनले भने, 'कम बजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालनहुँदा छिटो आर्थिक समृद्धि हुन्छ । सङ्घबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने गरेको छ ।'

समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन् । प्रदेश सरकार भौतिक विकाससँगसँगै मानवीय विकासको लक्ष्यमा लागेको जनाउँदै यस कार्यमा साथ दिन जनतासँग आग्रह गरे ।

कार्यक्रममा पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले मनमोहन गान्धी मार्ग र पथरी डायनिया सडकखण्डले अझै पूर्णता नपाएको जानकारी गराए। उनले भने, 'योजना अलपत्र भएका कारण जनताले सास्ती खेप्नुपरेको छ । जनताको स्वास्थ्यमा समस्या उत्पन्न गराएको छ । सर्वसाधारणले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या खेप्दै आउनुपरेको छ ।'

नगरप्रमुखले भारतको सिक्टीबाट सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे हुँदै मिक्लाजुङ पाँचथर जोड्ने सडक निर्माणमा पनि चासो राखिदिन अनुरोध गरे ।

salt training

कमेन्ट गर्नुहोस्