×

सरसर्ती २४ घण्टा

कोशीको मन्त्रालय भागण्बडामा सहमतिदेखि महसुल नतिर्नेमाथि प्राधिकरणको एक्सनसम्म

काठमाडाैं | कात्तिक २६, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको हो । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ ।
००००
एक महिना अघि कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका विद्रोही नेता केदार कार्की मुख्यमन्त्री बने । उनले विश्वासको मत पनि लिइसकेका छन् । यसैबीच कोशीको सरकार विस्तारमा कुन दलले कति मन्त्रालय लिने भन्नेमा पनि मोटामोटी सहमति भएको नेताहरू बताउँछन् ।

कांग्रेस सांसद हिमाल कार्कीले सरकार विस्तारमा सहमति भएको बताए । ‘कांग्रेस, माओवादी र नेकपा एसबीच सरकार सहमति भएको बुझेका छौं,’ उनले भने, ‘अहिले भएको सहमतिलाई छठपछि कार्यान्वयन गर्ने तयारी भएको छ ।’


Advertisment

पछिल्लो भागबन्डाअनुसार कोशीमा कांंग्रेसले ४, माओवादी केन्द्रले ३ र नेकपा एसले एक मन्त्रालय लिने समझदारी भएको अर्का एक नेता बताउँछन् । जसपाको लागि पनि एक मन्त्रालय छुट्याइएको छ ।
००००
नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४)को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ ।
हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन दिनका लागि यही कात्तिक २२ गतेसम्मको म्याद रहेकामा त्यसलाई थप गरेर मङ्सिर १० सम्म पु¥याइएको नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँले जानकारी दिए ।
००००
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका विभिन्न चार ठाउँमा नेपाली किसानले उत्पादन गरेका फूल बिक्री गर्ने र किन्न सक्ने बताएका छन् । 


Advertisment

सामाजिक सञ्जालमा लेख्दै उनले आर्थिक मन्दीको बेलामा किसानले उत्पादन गरेका फूल किनबेच गर्नुपर्ने बताएका हुन् ।  
००००
नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि एक हजार अस्थायी आवास निर्माणको लागि श्रमदान गर्ने भएको छ ।
प्रभावित क्षेत्रमा पुगेर दुई वटा नमुना अस्थायी आवास बनाएर फर्किएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो जनाएका हुन् । 

साथै उनीहरूले अस्थायी आवास निर्माणमा सुरक्षा संयन्त्र, दलका भ्रातृ संगठन र संघ संस्थालाई खटाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
००००
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमबाट फर्किएपछि कांग्रेस महामन्त्रीद्वय गगन  थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् । 

उनीहरूले स्थानीय सरकार र सर्वदलीय संयन्त्रमार्फत राहत वितरण प्रभावकारी हुने, चिसो बढ्दै गएकोले मङ्सिर अन्तिमसम्म सबैलाई अस्थायी आवास निर्माणका लागि तत्काल ४० हजार रुपैयाँ दिन माग गरेका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कति दिन प्रधानमन्त्री रहन्छु भन्नेमा आफू चिन्तित नभएको बताएका छन् । 
पार्टीको विशेष रूपान्तरण अभियानअन्तर्गत शनिबार काठमाडौंको कीर्तिपुरमा जनतासँगसँगको साक्षात्कार कार्यक्रममा बोल्दै पदमा बस्नेभन्दा नागरिकलाई सुशासन र समृद्धि दिने विषय आफ्नो लागि ठूलो कुरा भएको बताएका हुन् । 
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विकासका सन्दर्भमा कुनै पनि देशसँग साझेदारी गर्न तयार रहेको बताएका छन् ।

चीनको युनान प्राप्तको कुङ्मिङमा चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको दक्षिणपूर्वी तथा दक्षिण एसियाली राजनीतिक दलहरूको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
००००
नेपाल टेलिकमको कूल आयमा ३ दशमलब ५४ प्रतिशतले कमी आएको छ । टेलिकमको प्रथम त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको यही अवधिको तुलनामा कूल आय ३ दशमलब ५४ प्रतिशतले कमी आएको हो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिसम्मको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ  रहेको छ । जबकी उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ थियो । टेलिकमको आय गत वर्षको तुलनामा ३९ करोड १२ लाख ९७ हजार रुपैयाँले कमी आएको हो ।
००००
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाडको चिउरीबाट पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेको छ ।

पार्टीका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्तरुपमा चिउरी बस्तीबाट अभियानको शुरूवात गरेका हुन् । 
००००
यमपञ्चकको पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले शनिबार काठमाडौंको रत्नपार्कमा २०औं ‘काग’ सम्मेलन गरेका हुन् ।


 

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x