२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

कोशीको मन्त्रालय भागण्बडामा सहमतिदेखि महसुल नतिर्नेमाथि प्राधिकरणको एक्सनसम्म

कात्तिक २६, २०८०
काठमाडौं
कोशीको मन्त्रालय भागण्बडामा सहमतिदेखि महसुल नतिर्नेमाथि प्राधिकरणको एक्सनसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको हो । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ ।
००००
एक महिना अघि कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका विद्रोही नेता केदार कार्की मुख्यमन्त्री बने । उनले विश्वासको मत पनि लिइसकेका छन् । यसैबीच कोशीको सरकार विस्तारमा कुन दलले कति मन्त्रालय लिने भन्नेमा पनि मोटामोटी सहमति भएको नेताहरू बताउँछन् ।

कांग्रेस सांसद हिमाल कार्कीले सरकार विस्तारमा सहमति भएको बताए । ‘कांग्रेस, माओवादी र नेकपा एसबीच सरकार सहमति भएको बुझेका छौं,’ उनले भने, ‘अहिले भएको सहमतिलाई छठपछि कार्यान्वयन गर्ने तयारी भएको छ ।’

पछिल्लो भागबन्डाअनुसार कोशीमा कांंग्रेसले ४, माओवादी केन्द्रले ३ र नेकपा एसले एक मन्त्रालय लिने समझदारी भएको अर्का एक नेता बताउँछन् । जसपाको लागि पनि एक मन्त्रालय छुट्याइएको छ ।
००००
नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४)को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ ।
हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन दिनका लागि यही कात्तिक २२ गतेसम्मको म्याद रहेकामा त्यसलाई थप गरेर मङ्सिर १० सम्म पु¥याइएको नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँले जानकारी दिए ।
००००
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका विभिन्न चार ठाउँमा नेपाली किसानले उत्पादन गरेका फूल बिक्री गर्ने र किन्न सक्ने बताएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले आर्थिक मन्दीको बेलामा किसानले उत्पादन गरेका फूल किनबेच गर्नुपर्ने बताएका हुन् ।  
००००
नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि एक हजार अस्थायी आवास निर्माणको लागि श्रमदान गर्ने भएको छ ।
प्रभावित क्षेत्रमा पुगेर दुई वटा नमुना अस्थायी आवास बनाएर फर्किएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो जनाएका हुन् । 

साथै उनीहरूले अस्थायी आवास निर्माणमा सुरक्षा संयन्त्र, दलका भ्रातृ संगठन र संघ संस्थालाई खटाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
००००
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमबाट फर्किएपछि कांग्रेस महामन्त्रीद्वय गगन  थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् । 

उनीहरूले स्थानीय सरकार र सर्वदलीय संयन्त्रमार्फत राहत वितरण प्रभावकारी हुने, चिसो बढ्दै गएकोले मङ्सिर अन्तिमसम्म सबैलाई अस्थायी आवास निर्माणका लागि तत्काल ४० हजार रुपैयाँ दिन माग गरेका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कति दिन प्रधानमन्त्री रहन्छु भन्नेमा आफू चिन्तित नभएको बताएका छन् । 
पार्टीको विशेष रूपान्तरण अभियानअन्तर्गत शनिबार काठमाडौंको कीर्तिपुरमा जनतासँगसँगको साक्षात्कार कार्यक्रममा बोल्दै पदमा बस्नेभन्दा नागरिकलाई सुशासन र समृद्धि दिने विषय आफ्नो लागि ठूलो कुरा भएको बताएका हुन् । 
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विकासका सन्दर्भमा कुनै पनि देशसँग साझेदारी गर्न तयार रहेको बताएका छन् ।

चीनको युनान प्राप्तको कुङ्मिङमा चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको दक्षिणपूर्वी तथा दक्षिण एसियाली राजनीतिक दलहरूको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
००००
नेपाल टेलिकमको कूल आयमा ३ दशमलब ५४ प्रतिशतले कमी आएको छ । टेलिकमको प्रथम त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको यही अवधिको तुलनामा कूल आय ३ दशमलब ५४ प्रतिशतले कमी आएको हो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिसम्मको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ  रहेको छ । जबकी उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ थियो । टेलिकमको आय गत वर्षको तुलनामा ३९ करोड १२ लाख ९७ हजार रुपैयाँले कमी आएको हो ।
००००
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाडको चिउरीबाट पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेको छ ।

पार्टीका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्तरुपमा चिउरी बस्तीबाट अभियानको शुरूवात गरेका हुन् । 
००००
यमपञ्चकको पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले शनिबार काठमाडौंको रत्नपार्कमा २०औं ‘काग’ सम्मेलन गरेका हुन् ।


 

salt training

कमेन्ट गर्नुहोस्