२३ जेठ २०८३, शनिबार
भूकम्प प्रभावितलाई राहत

भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार दिने विपद् व्यवस्थापन समितिको निर्णय

कात्तिक २६, २०८०
काठमाडौं
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार दिने विपद् व्यवस्थापन समितिको निर्णय

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले भूकम्प पीडितलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। 

श्रेष्ठको अध्यक्षतामा आइतवार सिंहदरबारमा बसेको समितिको १९औं बैठकले जाजरकोट भूकम्पका पीडितलाई अस्थायी आवास निर्माणका लागि प्रति परिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो।

उक्त रकम २५/२५ हजारका दरले दुई किस्तामा उपलब्ध गराइने छ। साथै बझाङ केन्द्रविन्दु बनाई गएको भूकम्पबाट पीडितलाई अस्थायी आवासका लागि प्रति परिवार ५० हजार उपलब्ध गराउने यसअघिको उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयलाई पनि अनुमोदन गरिएको समितिले जनाएको छ ।

null

बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुम पश्चिम जिल्लालाई  ५/५ करोड उपलब्ध गराउने कार्यकारी प्रमुख स्तरीय निर्णयलाई अनुमोदन गरेको छ। 

साथै बैठकले जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले प्रतिकार्यका लागि गर्न सक्ने खर्च र सीमासमेत तोकेको छ।​​

salt training

कमेन्ट गर्नुहोस्