२३ जेठ २०८३, शनिबार

नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितलाई ५ लाख ५५ हजार सहयोग

कात्तिक २७, २०८०
काठमाडौं
नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितलाई ५ लाख ५५ हजार सहयोग

नेपाल प्रहरी श्रीमती संघले भूकम्प पीडितका लागि रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघका तर्फबाट चेक हस्तान्तरण गरेकी हुन् ।

चेक हस्तान्तरणका अवसरमा संघका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

अध्यक्ष कुँवरले पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई उक्त राहत हस्तान्तरण गरिएको बताइन् ।

जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि उक्त रकमको सहयोग गरिएको संघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्