०५ साउन २०८३, मंगलबार

फेसन पेन्ट्सको कमाल : शीतलनिवासदेखि बालुवाटारसम्म चिटिक्क ! [तस्बिरसहित]

कात्तिक २७, २०८०
काठमाडौं
फेसन पेन्ट्सको कमाल : शीतलनिवासदेखि बालुवाटारसम्म चिटिक्क ! [तस्बिरसहित]

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो भने चिटिक्कसँग रङ्गरोगन गरिरहेको दृश्य देख्न सक्नुहुन्छ ।

यी सबै कार्यालयको भवन, कम्पाउन्ड र  पर्किङस्थल तथा त्यहाँ भएका गमलाहरूमा समेत रातो, सेतो र अन्य  रगंहरु  मिलाएर लगाइएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्री निवास, प्रधानमन्त्रीको सचिवालय, पार्किङ क्षेत्र वरिपरि भएका भवन तथा रुखहरूमा पनि रातो र सेतो रंग लगाएर आकर्षक देखाइएको छ।  तिहारको अवसर पारेर यी सबै ठाउँका  रङ्गरोगनहरु नेपालमा उत्पादन भएको फेसन पेन्ट्स प्रयोगमार्फत गरिएको हो । 

अन्य विदेशी पेन्ट्स भन्दा नेपाली पेन्ट्सको गुणस्तर पनि कम छैनन्  भन्ने बलियो प्रमाण त्यहाँबाट सजिलै  देख्न सकिन्छ । 

विगत ७ वर्षदेखि नेपालमै  उत्पादन सुरु गरेर नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेको यो पेन्ट्स स्तरीय रहेको बताइएको छ । अन्य विदेशी पेन्टस् जस्तै फेसन पेन्ट्सको गुणस्तरमा कुनै पनि कमी नभएको र मूल्य पनि  कम रहेकाले यो आफूहरूको रोजाइमा परेको एक सरकारी अधिकारीले बताए । 

राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश जस्ता देशका  प्रमुख व्यक्तिहरूको निवास र कार्यालयमा फेसन पेन्ट्स प्रयोग हुँदा निकै गौरवान्वित महसुस भएको कम्पनीका सीईओ सञ्जीव पुडासैनीले बताए ।  ‘नेपाली उत्पादनलाई सबैले साथ र सहयोग गर्ने हो भने हामी एक दिन पक्कै स्वावलम्बी हुनेछौँ’, पुडासैनीले भने । 

ब्रान्डको नाममा चर्को मूल्यमा विदेशी पेन्ट्सको प्रयोग गरेर आफ्नो देशको पैसा बिदेश पठाउनु भन्दा आफ्नै देशको स्तरीय पेन्टस् प्रयोग गर्नसके नेपाली उद्योग पनि स्थापित हुने सरोकारवालाको भनाइ छ ।  

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्