×

NMB BANK
NIC ASIA

चाडबाडमा जुवातासको विकृति

दशैंयता मात्र २ सयभन्दा बढी जुवाडे पक्राउ, साढे १७ लाख बरामद

काठमाडाैं | कात्तिक २८, २०८०

NTC
Premier Steels

चाडबाडको समयमा जुवातास खेल्नेलाई प्रहरीले पक्राउ गरेका समाचार आइरन्छन् ।​ विशेष गरेर यतिबेला बिदा हुने भएकाले घरमा रमाइलोका लागि तास खेल्ने धेरै हुन्छन् । ​जुवाडेहरू पनि यही समयको फाइदा उठाउँदै सक्रिय हुने गरेका छन् ।

Muktinath Bank

प्रहरीले कात्तिक २१ गते नागार्जुन नगरपालिका– ३ पानधाराबाट २२ जनालाई पक्राउ गर्‍यो, त्यसमा एनआरएनएका पूर्व पदाधिकारी समेत थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले त्यहाँ पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले रमाइलोका लागि खेलेको पाइएकाले नाम सार्वजनिक नगरेको बताए । प्रहरीले ४ लाख ९२ हजार ५५० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरी अधिकारीहरूका अनुसार त्यो २२ जनामा नाम चलेका व्यक्तिहरू पनि थिए । 


Advertisment
Nabil box
Kumari

प्रहरी स्रोतकाअनुसार एनआरएनएका पूर्वउपाध्यक्ष तथा ११औं महाधिवेशनमा निर्वाचन समितिको सदस्य रहेका टेकबहादुर (टीबी) कार्की, एनआरएनएमै आबद्ध सञ्जय मुडभरी, काठमाडौंमा कार्यरत बहालवाला प्रहरी अधिकृतका सहोदर भाइ राजु जीसी, नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी लगायत पक्राउ परेका थिए । 

Vianet communication

पक्राउ पर्नेमा सरोज अधिकारी, श्यामबाबु तामाङ, नवराज तामाङ, चित्र तामाङ, विष्णुलाल लामा, कुमार खड्का, अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, लोकबहादुर बोहरा, केशवराज अधिकारी, भरत बोहरा, विशाल तामाङ, विकास खत्री, लोकबहादुर तामाङ, निरबहादुर वाइबा, रामबहादुर लामा र लोकबहादुर श्रेष्ठ पनि रहेको काठमाडौं प्रहरी परिसरका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।

त्यही दिन काठमाडौं प्रहरीले नार्गाजुन २ बाट ६ जनाको अर्को टोलीलाई २ लाख ११ हजार २ सय रुपैयाँसहित पक्राउ गरेको थियो । काठमाडौं प्रहरी परिसरको तथ्यांकअनुसार दशैंतिहारको बीचमा १ सय जना पक्राउ पर्दा २१ लाख २६ हजार १५ रुपैयाँ बरामद भएको प्रहरीको तथ्यांक छ ।

कात्तिक ३ गते १ हजार ८३५ रुपैयाँसहित ८ जनालाई पक्राउ गरिएको थियो । कात्तिक ८ गते ३ लाख ८६ हजार २ सय रुपैयाँसहित ७ जना, १२ गते अनामनगर घट्टेकुलोबाट १ लाख ९० हजार ९ सय रुपैयाँसहित ९ जना, १९ गते बूढानीलकण्ठको होटलबाट २३ हजार ६८० रुपैयाँसहित ७ जना पक्राउ परेका थिए । 

यस्तै गोकर्णेश्वर नगरपालिका– ६ नयाँबस्तीबाट ५४ हजार ७५० सहित ५ जना, तारकेश्वर नगरपालिकाबाट १९ हजारसहित ७ जना, काठमाडौं धुम्बाराही पिपलबोटबाट २ लाख ९२ हजारसहित ६ जनालगायत गरी १ सय जना पक्राउ परेको एसपी कुमोद ढुंगेलले लोकान्तरलाई बताए । 

ललितपुर प्रहरीले कात्तिक १४ गते गोदावरी नगरपालिका– १० टाहाखेलस्थित कुमार भन्ने टुकनाथ घिमिरेको घरबाट ८ जनालाई २ लाख ७ हजार रुपैयाँसहित पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाहका अनुसार दशैं तिहारको बीचमा १६ लाख ३९ लाख ६३५ रुपैयाँसहित ४३ जना पक्राउ परेका छन्, त्यसमा १६ जना महिला छन् ।  प्रहरीले ९ वटा मुद्दा दर्ता गरेको छ । 

‘पक्राउ परेका सबैलाई मुद्दा दर्ता गरेका छौं । उनीहरूबाट साढे १६ लाख हाराहारीमा बरामद भएको छ,’ एसएसपी शाहले लोकान्तरसँग भने ।

ललितपुर परिसरले पनि एउटै खालबाट ९ लाख रुपैयाँदेखि ६२ हजार रुपैयाँसम्म बरामद गरेको छ ।

यस्तै भक्तपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी वसन्त पाठकका अनुसार दशैंतिहारको बीचमा ४६ जना पक्राउ परेका छन् ।

उनका अनुसार कात्तिक १२ गते १ लाख ४ हजार ६५० रुपैयाँसहित १५ जना, १८ गते २५ हजार ६५५ रुपैयाँसहित १० जना लगायतलाई पक्राउ गरिएको छ । भक्तपुर प्रहरीले उनीहरूको साथबाट २ लाख ८४ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । 

यस्तै उपत्यकाबाहेकका जिल्लासमेत गरी प्रहरीले २०४ जनालाई १७ लाख ६१ हजार १७७ रुपैयाँसहित पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए । 

उनका अनुसार कोशी प्रदेशबाट ५५ हजार ६० रुपैयाँसहित ४ जना, मधेश प्रदेशबाट ८८ हजार ३९० रुपैयाँसहित २८ जना,  बागमती प्रदेशमा ५ लाख ६ हजार रुपैयाँसहित ३२ जना, गण्डकी प्रदेशबाट १ लाख ६० हजार ६८५ रुपैयाँसहित ८ जना, कर्णाली प्रदेशबाट ३ लाख ५८ हजार रुपैयाँसहित ४० जना र सुदूरपश्चिम प्रदेशबाट ३ लाख ७१ हजार रुपैयाँसहति ५० जना पक्राउ परेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x