काभ्रे १० असोज– काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ शिखरआमबोटेमा मंगलवार बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
बनेपाबाट डाँडापारी गोकुले जाँदै गरेको बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटनामा ५ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रवीराज थपलियाले लोकान्तरलाई जानकारी दिए ।
बोलेरो जिप सडकबाट ५ सय मिटर तल खसेको छ । जिपमा १६ जना सवार थिए । जीपमा सवार अन्य १० जना घाइते भएका छन् । उद्धारका लागि प्रहरी घटनास्थलतर्फ जादैछ ।