११ साउन २०८३, सोमबार

विश्वकप क्रिकेट: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच आज सेमिफाइनल भिडन्त

कात्तिक ३०, २०८०
काठमाडौं
विश्वकप क्रिकेट: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच आज सेमिफाइनल भिडन्त

आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै छन् । कोलकोतास्थित इडेन गार्डेनमा हुने खेल नेपाली समयानुसार दिउँसो सवा २ बजे शुरू हुनेछ । 

लिग चरणमा दक्षिण अफ्रिका समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले ९ खेलमा ७ जित र २ हारसहित १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको थियो । 

त्यस्तै अस्ट्रेलियाले पनि ९ खेलमध्ये ७ खेल जितेर १४ अंक हासिल गर्दै रनरेटको आधारमा तेस्रो हुँदै सेमिफाइनलमा पुगेको हो ।

आजको खेलको विजेता टोली उपाधिका लागि भिड्ने छ । 

भारत भने यसअघि नै फाइनल पुगिसकेको छ । न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा प्रवेश गरेको छ । 

गएराति मुम्बईको वनखेडे टस्टेडियममा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनल पुगेको हो । भारत सन् २०११ पछि पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्