२३ जेठ २०८३, शनिबार

हङकङविरुद्ध सस्तैमा समेटियो नेपाल, रुबिनाबाहेक कसैले दोहोरो अंकमा रन बनाउन सकेनन्

कात्तिक ३०, २०८०
काठमाडौं
हङकङविरुद्ध सस्तैमा समेटियो नेपाल, रुबिनाबाहेक कसैले दोहोरो अंकमा रन बनाउन सकेनन्

चार देश सम्मिलित महिला टी ट्वान्टी शृङ्खलाअन्तर्गत नेपालले हङकङलाई ५७ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपाल १८ ओभरमा ५६ रनमै अलआउट भयो । 

नेपालका लागि रबिना क्षेत्रीबाहेक कुनै ब्याटरले उल्लेख्य रन बनाउन सकेन । उनले २५ रन बनाइन् । ३० बल खेलेकी उनले ४ चौका प्रहार गरिन् । 

उनीबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका तीन खेलाडी शून्यमा आउट भए भने तीन खेलाडी एक/एक रनमा आउट भए । 

सीता मगरले ९ र रोमा थापाले सात रन बनाइन् । 

नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङकी इक्रा सहरले तीन विकेट लिइन् । यस्तै, रुचिथा भेङकटेशले दुई विकेट लिइन् । बेट्टी चन, मेरिको हिल र केरी चनले एक/एक विकेट लिइन् । 

नेपाललाई प्रतियोगिताको फाइनल खेल्न हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब छ । बुधबार भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो ।  

चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्