२९ जेठ २०८३, शुक्रबार

‘दिमाग खराब’को प्रदर्शन मंगलवारसम्म नरोकिने

कात्तिक ३०, २०८०
काठमाडौं
‘दिमाग खराब’को प्रदर्शन मंगलवारसम्म नरोकिने
फाइल फोटो

चलचित्र ‘दिमाग खराब’को प्रदर्शन मंगलवारसम्म नरोकिने भएको छ ।​

बिहीवार चलचित्रको टिम र हल सञ्चालकहरूको संस्थाबीच भएको छलफलपछि उक्त सहमति भएको हो ।​

बिहीवारको छलफल सकारात्मक भएकोले आगामी मंगलवार पनि बाँकी बुँदाहरूमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको हुँदा चलचित्रको प्रदर्शन मंगलवारसम्म नरोकिने निर्णय भएको चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले जानकारी दिए ।

दुई वटा माग पूरा नभए शुक्रवारबाट चलचित्रको प्रदर्शन रोक्ने निर्णय ‘दिमाग खराब’को निर्माण पक्षले गरेको थियो । विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिनुपर्ने र चलचित्र प्रदर्शन भइरहँदासम्म बराबरी शेयर बाँडफाँट हुनुपर्ने माग चलचित्रको टिमको थियो ।

क्यूएफएक्समा शुक्रवारका लागि ‘दिमाग खराब’लाई हिन्दी चलचित्रकै सरह शो प्रदान गरिएको छ । 

निश्चल बस्नेत निर्देशित यो चलचित्र कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको हो ।

बिहीवार राजधानीका अधिकांश मल्टिप्लेक्स हलमा चलचित्र हाउसफुल देखिएको छ ।

खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राईलगायतको अभिनय रहेको चलचित्र भोलि शुक्रवारबाट दोस्रो सातामा प्रवेश गर्दैछ ।

null

salt training

कमेन्ट गर्नुहोस्