२७ जेठ २०८३, बुधबार

भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

मंसिर १, २०८०
बाँके
भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन
फाइल तस्वीर

जाजरकोट र रुकुमपश्चिममा यही कात्तिक १७ गतेको भूकम्पमा ज्यान गुमाएकाको १३औँ दिनको पुण्यतिथिमा भूकम्पपीडित सहजीकरण समूह नेपालगञ्जले दीप प्रज्वलन तथा श्रद्धाञ्जलीसभा गरेको छ । 

सभामा राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठ तथा सङ्घीय सांसद दीपा शर्मा रुपाखेतीले शोक व्यक्त गर्दै पीडितहरुलाई राहत र घर पुनःनिर्माणमा जोड दिए। 

भूकम्पबाट प्रभावित क्षेत्रको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंह, गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, गायक सुनिलसिंह ठकुरी, प्राध्यापक जनार्दन आचार्यले भैँचालोमा ज्यान गुमाएका एक सय ५३ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब भूकम्पबाट जोगिने घर बनाउनुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्