२७ जेठ २०८३, बुधबार

जेनिन आक्रमणमा पाँच जना प्यालेस्टिनी आतङ्ककारी मारिए

मंसिर १, २०८०
काठमाडौं
जेनिन आक्रमणमा पाँच जना प्यालेस्टिनी आतङ्ककारी मारिए

इजरायलको रक्षा बलले शुक्रबार बिहान जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ । 

सेनाका अनुसार आतङ्ककारीहरू भाग्दै स्थानीय अस्पताल पुगेका थिए र त्यहाँ लुक्न खोज्दा पक्राउ परेका थिए ।

छापा मार्ने क्रममा प्यालेस्टाइनीहरूले सेना माथि विस्फोटक पदार्थ प्रहार गरेका थिए भने, इजरायली सेनाले गोली प्रहार गरेको थियो ।

छापा मार्ने क्रममा जुडिया र सामरिया वरिपरि कुल २१ प्यालेस्टाइनी पक्राउ परेका थिए जसमध्ये छ जना हमाससँग सम्बन्धित थिए ।

    गत अक्टोबर ७ देखि, एक हजार ७५० भन्दाबढी वान्टेड प्यालेस्टाइनीहरूलाई जुडिया र सामरिया क्षेत्रमा पक्राउ गरिएको छ जसमध्ये एक हजार ५० जना हमाससँग सम्बन्धित छन् ।

salt training

कमेन्ट गर्नुहोस्