२६ असार २०८३, शुक्रबार

भानुको घर जलेको बीस वर्ष बित्यो,अझै भएन पुनःनिर्माण

मंसिर १, २०८०
तनहुँ
भानुको घर जलेको बीस वर्ष बित्यो,अझै भएन पुनःनिर्माण

राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर जलेको बीस वर्ष वितेपनि अझै पुनःनिर्माण हुनसकेको छैन । भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिएका आचार्यको योगदानलाई कदर गर्दै पुनः निर्माण गरिएको घर आगोले जलेर ध्वस्त भएपछि बनाउन नसकिएको हो । उनको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर पुनःनिर्माण गरेको घर विसं २०६० वैशाख १० गते जङ्गलमा आगलागी हुँदा जलेर पूर्ण नष्ट बनेको थियो । 

    भानुभक्त जन्मेको घर जहाँ बसेर उनले काव्य रचना गरेका थिए । अहिले त्यो घर भग्नावशेष अवस्थामा रहेको भानुभक्तका पनाति श्रीभक्त आचार्यले बताए। भानुको जन्मघर हेर्ने चाहना राखेर भानुजन्मस्थल पुग्ने जो कोही मानिस खिन्न भएर फर्किने गरेको उनले बताए । 

विसं २०५५मा आदिकवि भानुभक्त नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले आचार्यको घर पुनःनिर्माण गरेको थियो  ।  तत्कालीन समयमा रु एक लाख २६ हजार नौ सय ९५ मा बनाइएको घरलाई खण्डहर बनेको लामो समय वितिसक्दा पनि पुनःनिर्माण हुनसकेको छैन । नेपाली भाषा दयनीय हुँदै गएको र विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको अवस्थामा सरकारले यो क्षेत्रको विकास गरेर नेपाली भाषाको जगेर्ना गर्नुपर्ने स्थानीयवासी बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्