११ साउन २०८३, सोमबार

विश्वकप क्रिकेट: उपाधि विजेता टोलीले कति रुपैयाँ पाउँछ ?

मंसिर २, २०८०
काठमाडौं
विश्वकप क्रिकेट: उपाधि विजेता टोलीले कति रुपैयाँ पाउँछ ?

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनल खेल भोलि (आइतबार) हुँदैछ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा भारत र अस्ट्रेलिया भिड्दै छन् । उनीहरू २० वर्षपछि पुन: उपाधिका लागि भिड्न लागेका हुन् । 

यसअघि सन् २००३ मा दुई देशबीच फाइनलमा प्रतिस्पर्धा भएको थियो । २००३ मा भारतलाई हराउँदै अस्ट्रेलियाले उपाधि जितेको थियो । 

विजेता टोलीले ४० लाख अमेरिकी डलर रकम पुरस्कार पाउने छ । उपविजेता टोलीले पनि २० लाख अमेरिकी डलर पाउने छ । 

सेमिफाइनल हारेका न्युजिल्याण्ड र दक्षिण अफ्रिकाले समान आठ-आठ लाख डलर पाउने छन् । 

लिग स्टेजबाट बाहिरिएका सबै टिमलाई एक/एक लाख डलर दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्