×

NMB BANK
NIC ASIA

तरकारीको मूल्य घट्यो

१० रुपैयाँ किलोमा पनि तरकारी नबिकेपछि कालिमाटीका व्यापारी हैरान [भिडियोसहित]

काठमाडाैं | मंसिर २, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कालिमाटीमा अधिकांश तरकारीको मूल्य घटेको छ । धेरैजसो तरकारीको मूल्य प्रतिकिलो २० रुपैयाँभन्दा कम छ । बजारमा काउली, काँक्रो, फर्सी र मुला प्रतिकिलो १० देखि १५ रुपैयाँमा बिक्री भइरहेको कालिमाटीका तरकारी व्यापारीहरू बताउँछन् ।

Muktinath Bank

चाडबाडको बेला काठमाडौंमा तरकारी खपत कम भएकोले मूल्य घटेको उनीहरूको भनाइ छ । दशैँतिहारजस्ता ठूला चाडमा काठमाडौंबाट लाखौं मानिसहरू बाहिरिने गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

चितवनदेखि ल्याएको फर्सी प्रतिकेजी १० रुपैयाँमा पनि बिक्री नभएपछि छानी छानी फोहोरमा फ्याक्नु परेको कालिमाटी तरकारी बजारका एक व्यापारीले बताए । 'तरकारी खानेहरू सबै विदेशतिर गए । एयरपोर्टमा सधैँ हजारौँको भिड हुन्छ,' उनले भने, 'काठमाडौंमा भएका केही मानिसहरू गाउँ गएका छन् । अनि कसले किनिदिन्छ हाम्रो तरकारी ? नबिकेपछि फोहोरमा फाल्नुको विकल्प रहेन ।'

Vianet communication
Laxmi Bank

अर्का व्यापारी हेमराज सुनुवार पनि अरुबेला ३ सय रुपैयाँ प्रतिकिलो बिक्री हुने लामो च्याउ ५० रुपैयाँ प्रतिकिलो भनेर चिच्याउँदै थिए। 'अरुबेला अढाइ/तीन सय किलोमा बिक्री हुने च्याउ ५० रुपैयाँमा पनि बिक्री हुँदैन,' च्याउको भारी देखाउँदै उनले भने, '१० किलो च्याउ तिहारभरि बिकेन । बिग्रिन लागेकोले अब फोहोरमा फाल्ने तयारीमा छु ।'

null

च्याउसँगै अमला, ज्यामिर, काँक्रो पनि नबिकेर फ्याँक्ने तयारीमा रहेको उनले बताए। 'पहिला किलोको एक सयमा बेचेको अमला अहिले ५० मा बेच्न खोज्दा पनि बिकेन । अब यसलाई फाल्नु पर्ने अवस्था छ । २५० मा बेच्ने भनेर १५० मा किनेको ज्यामिर ८० मा पनि बिकेन,' उनले भने, 'यसलाई पनि फाल्नु पर्ने अवस्था छ । त्यस्तै ८० मा बेच्ने भनेर किनेको काँक्रो अहिले १० रुपैयाँमा पनि नबिकेर खेर गइरहेको छ ।'

आर्थिक मन्दी र काठमाडौंमा बसोबास गर्ने मानिसहरू घटेकोले तरकारी बिक्री कम भएको उनले तर्क गरे ।

अर्का व्यवसायी नारायण विष्टको तर्क भने फरक छ । ग्राहकले महँगोलाई मात्र राम्रो मान्ने भ्रमका कारण तरकारी नबिकेको उनले बताए । 'महँगो भनेपछि मात्रै राम्रो रहेछ भन्ने भ्रम ग्राहकमा देखिन्छ । सस्तोमा बेच्दा बिग्रेको होला भनेर पनि मान्छेहरू किन्दैनन्,' उनले भने, 'पसलमा ८० रुपैयाँ किलो किनेर खान्छन् तर, यहाँ १५ ले दिँदा पनि कुहिएर बेचेको होला भन्ठानेर किन्दैनन् ।'

तरकारी नबिक्दा स्टलको भाडा तिर्नसमेत समस्या हुन थालेको व्यापारीहरू बताउँछन् ।

कालिमाटीमा मकवानपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लाबाट तरकारी आपूर्ति हुने गरेको छ । थोक बजारमा तरकारीको मूल्य घटे पनि खुद्रा बिक्रेताले खासै मूल्य घटाएका छैनन् ।

आलु र प्याजको मूल्य भने खासै घटेको छैन ।

भिडियो

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x