३० जेठ २०८३, शनिबार

निजामती कर्मचारी, शिक्षा र प्रहरी ऐनले प्रशासन तन्त्रलाई बलियो बनाउनेछ : परराष्ट्रमन्त्री

मंसिर २, २०८०
कञ्चनपुर
निजामती कर्मचारी, शिक्षा र प्रहरी ऐनले प्रशासन तन्त्रलाई बलियो बनाउनेछ : परराष्ट्रमन्त्री

एसियाली विकास बैंकको ऋण सहयोगमा निर्मित शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवनको आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेका छन् ।

त्यस अवसरमा मन्त्री साउदले नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाका रूपमा विकास गर्न सम्बद्ध अधिकारीहरू लाग्नुपर्नेमा जोड दिए । सानो कोठाबाट कार्यालय सञ्चालन गरेको नगरपालिकाले आधुनिक भवनबाट सेवा प्रवाह गर्नु गर्वको विषय भएको उनको भनाइ थियो । 

फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले कार्यशैलीमा परिवर्तन गरी प्रशासनतन्त्रलाई बलियो बनाउनका लागि नयाँ निजामती कर्मचारी ऐन, शिक्षा ऐन र प्रहरी नियमावली ल्याउन लागिएको बताए ।

भवन रु १० करोडको लागतमा निर्माण भएको हो । भवनको भुइँतलामा ३१ वटा र पहिलो तलामा १९ गरी जम्मा ५१ वटा कोठा छन् ।

salt training

कमेन्ट गर्नुहोस्