
कञ्चनपुरमा जुवातास खेल्दै गरेका ८ जना पक्राउ परेका छन् ।
भीमदत्तको नगरपालिका ६ ऐठपुरस्थित चन्द्रदेव राइस मिलमा जुवातास खेल्दै गरेका उनीहरूलाई शुक्रवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले मिलका सञ्चालक पारस भट्टसहित ८ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट २ लाख ८ हजार ४ सय २६ रूपैयाँ नगद र तास बरामद भएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।