×

NMB BANK
NIC ASIA

सबैभन्दा बढी गीत लेखेर ‘वर्ल्ड रेकर्ड’ बनाएका भारतीय गीतकारलाई काठमाडौंमा अभिनन्दन

काठमाडाैं | मंसिर २, २०८०

NTC
Premier Steels

प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । ​

Muktinath Bank

शनिवार काठमाडौंमा लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई ‘समिर अभिनन्दन समारोह’मार्फत अभिनन्दन गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका समिरले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन्।


Advertisment
Nabil box
Kumari

सो समारोहमा गीतकार समिरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिनाथको यस भूमिमा आएर सम्मानित हुन पाउँदा आफू निकै प्रफुल्लित भएको बताए । हिमाल र पहाडबीचबाट काठमाडौं उत्रिने क्रममा एउटा गीत फुरेको अनुभूति सुनाउँदै नेपालबाट आफूले धेरै सिकेर जाने बताए । 

Vianet communication

काठमाडौं उत्रनु अगाडि हिमालको सुन्दर दृश्य हेर्दै एउटा गीत रचना गरिसकेको बताउँदै गीतकार समिरलेसो गीतलाई नेपालमा अत्यधिक मन पराउने र नेपालका लागि धेरै लेख्ने बाचा पनि गरे । उनी व्यवसायी वसन्त चौधरीको निमन्त्रणामा पहिलो पटक नेपाल आएका हुन् । 

अहिलेसम्म आफूले धेरै सम्मान पाएको तर जसले गीतकारको पीडा दुःख बुझेको छ उसकै सम्मान पाउँदा खुसी महसुस गरेको भन्दै उनले गीतकार सङ्घ नेपाललाई धन्यवाद दिए। 

सो अवसरमा गीतकार तथा साहित्यकार वसन्त चौधरीले समिर अन्जानको नाम साङ्गितिक क्षेत्रमा निकै चर्चित रहेको बताए । हिन्दी चलचित्र र गीत मन पराउने सबैले उनलाई मन पराउने चौधरीको भनाइ थियो ।

गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले सङ्घले विभिन्न समयमा गीतकारको सम्मान गर्दै आएको भन्दै यसपटक समिर अन्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको र सो अवसरका लागि लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरलाई धन्यवाद दिए । 

गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x