२२ जेठ २०८३, शुक्रबार

दूरसञ्चार प्राधिकरणले भन्यो- अझै टिकटक चलिरहेको भए तत्काल जानकारी गराउनू

मंसिर ३, २०८०
काठमाडौं
दूरसञ्चार प्राधिकरणले भन्यो- अझै टिकटक चलिरहेको भए तत्काल जानकारी गराउनू

नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा त्यसबारे जानकारी गराउन आग्रह गरेको हो ।

प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति पनि गठन गरेको छ । प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरे/नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने प्राधिकरणले जनाएको छ । 

यसअघि प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ ।

टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट परेका छन् । सरकारले कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्