०८ साउन २०८३, शुक्रबार

एनआईसी एशिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राठीलाई पितृशोक

मंसिर ३, २०८०
काठमाडौं
एनआईसी एशिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राठीलाई पितृशोक

​एनआईसी एशिया बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई पितृशोक परेको छ ।

उनका पिता शंकरलाल राठीको यही मंसिर २ गते शनिवार ७३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२००७ साउन १० गते जन्मिएका शंकरलालको निधनप्रति दु:ख व्यक्त गर्दै बैंकले उनको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै बैंकले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्तिको कामनासहित समवेदना प्रकट गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्