
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
रुकुम पूर्व पुगेका प्रधानमन्त्री प्रचण्डले जिल्लाभित्रका कार्यालय प्रमुखहरूसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।
कार्यालय प्रमुखहरूसँगको भेटमा प्रधानमन्त्रीले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्बृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरे । रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज रुकुम पुगेका हुन् ।
यस्तै, प्रधानमन्त्री रुकुम पूर्वको विकट गाउँका रुपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुगेका छन् ।