
आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता जित्न अष्ट्रेलियाले २ सय ४१ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले ५० ओभरमा १० विकेटको क्षतिमा अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको हो ।
अष्ट्रेलियाको कसिलो बलिङसामु भारतका लागि केएल राहुलले १०७ बलमा सर्वाधिक ६६ रन बनाए ।
विराट कोहलीले ६३ बलमा ५४, कप्तान रोहित शर्माले ३१ बलमा ४७ रन बनाए ।
भारतलाई सस्तैमा रोक्नका लागि अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ३, जोश हजलउड र प्याट कमिन्सले २/२ विकेट लिए ।