२९ जेठ २०८३, शुक्रबार

अङ्गोला जनवरीदेखि अक्टोबरसम्म सडक दुर्घटनामा १५ हजार जनाको मृत्यु

मंसिर ३, २०८०
काठमाडौं
अङ्गोला जनवरीदेखि अक्टोबरसम्म सडक दुर्घटनामा १५ हजार जनाको मृत्यु

अङ्गोलामा जनवरी र अक्टोबरको बीचमा सडक दुर्घटनामा झण्डै  १५ हजार जनाको ज्यान गएको छ ।  एङ्गोलाका उपराष्ट्रपति एस्पेरान्का डा कोस्टालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम जोर्नल डे अङ्गोलाले आइतबार यसको तथ्याङ्क सार्वजनिक गरेको छ।

सडक पीडितहरूको सम्झनास्वरूप मनाइने विश्व दिवसको अवसरमा सन्देश जारी गर्दै एस्पेरान्का डा कोस्टाले सरकारले चालु वर्ष सडक दुर्घटनामा भएको ह्रदयविदारक वृद्धिले चिन्तित भएको बताइएको छ ।

जनवरीदेखि अक्टोबर सम्म, १२ हजार ६९ सडक दुर्घटनामा २ हजार ६०७ जना घाइते  भएको र१४ हजार ९५० जनाको मृत्यु  भएको देखिएको छ ।  
सन् २००५ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको सडक ट्राफिक पीडितहरूको सम्झनाको विश्व दिवस हरेक वर्ष नोभेम्बरको तेस्रो आइतबार मनाइन्छ।

salt training

कमेन्ट गर्नुहोस्