३१ असार २०८३, बुधबार

इलाममा बस दुर्घटना हुँदा एकको मृत्यु, ३६ जना घाइ

मंसिर ३, २०८०
इलाम
इलाममा बस दुर्घटना हुँदा एकको मृत्यु, ३६ जना घाइ

 मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक बासुदेव खतिवडाका अनुसार  धनुषाधाम नगरपालिकाबाट कन्याम घुम्न आएहरु सवार ना ६ ख ८४२४ नम्बरको बस  कोहोलबुङमा राजमार्गबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा धनुषाधाम ९ धारापानीका १२ वर्षीय अर्पण लामाको मृत्यु भएको प्रहरी उपरिक्षक खतिवडाले बताए । ३६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको झापाको विएन्डसि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइतेहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको गाडी  कुन बिद्यालयको भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्