२१ जेठ २०८३, बिहीबार

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

मंसिर ३, २०८०
बर्दिया
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियाको राजापुर नगरपालिका–१० स्थित सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको बाघको आक्रमणबाट मृत्यु भएको छ ।  आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 

बितेका चार वर्षमा नेपाल–भारत सिमानामा पर्ने वन क्षेत्रमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी ३५ जनाको ज्यान गइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्