
आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले १५० रन कटाएको छ । उपाधि जित्न भारतले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याइरहेको अष्ट्रेलियाले २७.४ ओभरमा ३ विकेट गुमाउँदै १५७ रन जोडेको हो ।
अष्ट्रेलियाका लागि डेभिड वार्नर ७ रनमै आउट भए भने मिचेल मार्स पनि १५ रनमै आउट भए । यस्तै स्टेभिन स्मिथ पनि ४ रनमै आउट हुँदा ट्राभिस हेडले अष्ट्रेलियालाई उकासेका छन् ।
उनले यो समाचार तयार पार्दासम्म नटआउट ८० रन बनाएर खेलिरहेका छन् भने मार्नस लाबुसेन ३४ रन बनाएर खेलिरहेका छन् ।
अष्ट्रेलियाली ब्या६्सम्यान क्रिजमा जमिरहँदा घरेलु टोली भारत दबाबमा परेको छ।